• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

सन्दीपमाथि आश : टिमको विश्वास जित्लान्?

64x64
नेपाल लाइभ बुधबार, असोज २१, २०७७  १५:२०
1140x725

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार पाँच खेलसम्म बेन्चमै रहेका सन्दीप लामिछाने बेलाखबत टेलिभिजन स्क्रिनमा देखिँदासम्म चर्चा हुन थालेको छ। त्यो सन्दीपको खेल हेर्ने हुटहुटी नै हो। यसैले दिल्ली क्यापिटल्सको प्लेइङ सेटप्रति सन्दीप समर्थक सन्तुष्ट छैनन्। 

दिल्ली जारी आइपिएलमा बलियो टिमको रुपमा देखिएको छ। पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा हार ब्यहोरेको दिल्ली आठ अंक बनाएर अंक तालिकाको दोस्रोमा छ। जितको लय समातिरहेको दिल्ली टिममा सुरुदेखि लगातार पाँचौ खेलसम्म विदेशी खेलाडीमा परिवर्तन भएको छैन। मार्कस स्टोइनिस, सिमरन हिट्म्यर, कागिसो रबडा र एनरिच नोर्टजेले नै खेलिरहेका छन्। समर्थकहरु भने सन्दीपको गुग्ली बल हेर्न आतुर छन्।

सोमबार रोयल च्यालेन्जर्स बैंग्लोरसँग प्रतिस्पर्धा गर्नुअघि दिल्लीले प्रेस विज्ञप्ति निकाल्दै भेट्रान खेलाडी अमित मिश्राले बाँकी आइपिएलका खेल गुमाउने जानकारी दियो। योसँगै बैंग्लोरविरुद्ध नै सन्दीपले खेल्ने सबैको अनुमान थियो। तर दिल्लीले अमितको स्थानमा अक्षर पटेललाई खेलायो। अक्षरले दिल्लीलाई न्याय दिलाए पनि। चार ओभरमा १८ रन खर्चिएर दुई विकेट लिएका अक्षर प्लेयर अफ द म्याच घोषित भए।

दिल्ली राम्ररी जित्दै गइरहेको नै छ। त्यसैले धेरथोर गल्तिहरु जितले छायामा पारेको छ। दिल्लीको लागि लेग स्पिनर अमित आइपिएलबाट बाहिरिनु नै सबैभन्दा ठूलो दुर्भाग्य हो। तीन खेलबाट अमितले यो सिजन तीन विकेट लिए।

अनुभवि र राम्रा बलर बाहिरिँदा दिल्लीलाई घाटा छ। दिल्लीको पहिलो खेलमा अफ स्पिनर रविचन्द्रन अश्विन घाइते हुँदै दुई खेल गुमाएका थिए। अहिलेसम्म दिल्लीको बलिङ पक्ष किफायती देखिँदै आएको छ। ब्याटिङ पनि उस्तै राम्रो छ। पृथ्वी शो र शिखर धवनको ओपनिङ जोडीले उत्कृष्ट प्रदर्शन गरिरहँदा टिमले उच्च स्कोर बनाइरहेको छ।

दिल्लीका लागि विदेशी खेलाडीको प्रदर्शन सन्तोषनजक मात्रै हैन उत्कृष्ट नै भन्नु पर्छ। स्टोइनिसले पाँच खेलबाट दुई अर्धशतकसहित १२३ रन बनाएका छन्। पञ्जाबविरुद्धको खेलमा सुपर ओभरमा दिल्लीले जित निकाल्दा स्टोइनिसले २१ बलमा ५३ रन बनाएका थिए। त्यस्तै बैंग्लोरविरुद्ध उनले २६ बलमा अविजित ५३ रन नै बनाए। 

यस्तै, हिटम्यरले पनि दिल्लीका लागि फिनिसरको रुपमा ब्याटिङ गर्दै आएका छन्। कागिसो रबडाको बलिङ सोचेभन्दा राम्रो देखिएको छ। उनी ‘गेम चेन्जर’ को रुपमा देखिएका छन्। पाँच खेल खेलेका रबडाले १२ विकेट लिइसकेका छन्। उनी सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्। त्यसैले आगामी खेलमा उनको स्थान कसैले लिन सक्दैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्का दक्षिण अफ्रिकन बलर एनरिच नोर्टजेको बलिङ मध्यम छ। सन्दीप टिममा पर्नका लागि एनरिचको स्थानमा भारतीय तिब्रगतिका बलरलाई खेलाउनु पर्छ। यस्तो हुँदा तीन विदेशी खेलाडी हुन्छन् र बलरको रुपमा सन्दीपले मौका पाउन सक्छन्। यति हुँदा पनि सन्दीपले खेल्न पाइहाल्छन् भन्ने छैन। दिल्लीले एकै पटक तीन स्पिनर खेलाउने छैन। सन्दीप प्लेइङ सेटमा पर्न अश्विन र अक्षरमध्ये एक जनालाई दिल्लीले बेन्चमा राख्नुपर्ने देखिन्छ। मुख्य प्रशिक्षक रिक्की पोन्टिङ अहिले नै यस्तो कदम चाल्ने मनस्थितिमा छैनन्।

आगामी यात्रा तय गर्ने आइपिएल
सन्दीप लामिछानेको लागि यो सिजनको आइपिएलले निकै अर्थ राख्छ। यसकारण पनि उनका समर्थक र शुभचिन्तकहरु सन्दीपले गएको संस्करणहरुमा भन्दा पनि धेरै खेल खेलोस् भनेर कामना गरिरहेका छन्।

दिल्लीसँगको सम्झौता सन्दीपको यो संस्करणपछि सकिँदै छ। त्यसैले आउने सिजनमा अक्सनबाट टिममा पर्न यो सिजन सन्दीपले उच्च प्रदर्शन गर्नै पर्छ। दिल्लीले खेल जित्दै गइरहेको कारण सन्दीपले तत्काल खेल्न नपाउने तर्क नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा सन्दीपकै प्रशिक्षक समेत रहेका राजु खड्काको विश्लेषण छ।

तर यो सिजनमा सन्दीपले राम्रोसँग खेल्न पाएनन् भने आगामी आइपिएल यात्रामा अन्यौल भने रहन्छ नै। सन्दीप आफैले पनि आइपिएल सुरु हुनुअघि यो संस्करण लिगले निकै अर्थ राख्ने बताएका थिए।

उनका प्रशिक्षक समेत रहेका पूर्वकप्तान खड्का भन्छन्, ‘आगामी संस्करणमा आइपिएल खेल्न यो सिजन उनले राम्रो गर्नै पर्छ। यदी यो सिजन खेल्न पाएनन् भने हाम्रो लागि पनि दुर्भाग्य नै हो।’

सन् २०१८ मा भएको अक्सनबाट त्यो बेलाको दिल्ली डियरडेभिल्सले सन्दीपलाई २० लाख भारुमा अनुबन्धित गर्यो। अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा यो सन्दीपको सुरुवाती यात्रा थियो। त्यसपछि उनी विश्वका प्राय सबै लिग खेले। सबै क्रिकेट विश्लेषक र टिमको नजरमा सन्दीप पर्दै गए। खेल निखारिँदै गयो।

डेब्यु आइपिएलमा सन्दीपले ३ खेलबाट ५ विकेट लिन भ्याए। तर अन्तिम समयमा दिल्ली आइपिएलबाट बाहिरिसकेपछि उनले खेल्न पाएका थिए। २०१९ को संस्करणमा भने सन्दीपले ६ खेल खेल्न पाए। तर यो संस्करणमा पनि टिमले सन्दीपलाई खासै विश्वास गरेन। दिल्लीको महत्वपूर्ण खेलमा सन्दीपले बेन्चमै बिताए। 

त्यसबेला ६ खेलबाट ८ विकेट लिए पनि सन्दीप प्लेअफको इलिमिनेटर र क्वालिफायर टु को खेलमा प्लेइङ सेट बाहिरै रहेका थिए। विगतका दुई संस्करणमा सन्दीपलाई टिमले पूर्ण विश्वास गर्न सकेको थिएन भने दिल्लीको कम महत्वका खेलमा मात्रै सन्दीपले मौका पाएका थिए। यो पटक झनै सन्दीपले कम खेल्न पाउने आँकलनहरु पनि हुन थालेको छ।

सन्दीपले २०१९ को संस्करणमा ६ वटा खेल खेलेका थिए भने यो पटक त्यति नै खेलमा खेल्लान् भन्ने अनुमान पनि कमजोर बनिरहेको छ। सन्दीपका लागि युएई पिच भनेको घरेलु मैदान जस्तै हो। सन्दीपले युएईमा अरु देशसँग धेरै खेल खेलेका छन्। त्यसैले त्यहाँको विकेटसँग राम्रो जानकारी भएका बलर हुन् उनी।

बेन्चमा राम्रा खेलाडी

सन्दीप दिल्लीको प्लेइङ सेटमा परेनन् भनेर दुःखमनाउ गरिरहँदा प्लेइङ सेटमा नपर्ने अरु खेलाडीहरुलाई पनि हेर्नुपर्ने हुन्छ। टिमको अवस्था, योजना र खेलाडीको प्रदर्शन हेरेरै प्रशिक्षकले प्लेइङ सेटमा राखेका हुन्छन्।

सन्दीप मात्रै होएन, क्रिकेटको ‘युनिभर्सल बोस’ को उपनामले चिनिने क्रिस गेल पनि बेन्चमै छन्। पञ्जाबको ओपनिङमा केएल राहुल र मयंक अग्रवालले उत्कृष्ट प्रदर्शन गरिरहँदा गेल छायामा छन्। जबकि टी ट्वान्टीमा गेलको जस्तो धुरन्धर ब्याटिङ सायदै कसैको चल्छ। आइपिएलमा ६६ बलमा १७५ रन बनाएका गेलको रेकर्ड कसैले तोड्न सकेको छैन।

यस्तै, दक्षिण अफ्रिकाका स्पिनर इमरान ताहिर पनि बेन्चमै छन्। चेन्नाई सुपर किंग्सका ताहिरले यो सिजनको आइपिएल खेल्न पाएका छैनन्। त्यस्तै, वेष्ट इन्डिजकै अलराउण्डर जासन होल्डर पनि बेन्च मै छन्। सनराइजर्स हैदराबादमा रहेका उनी पर्ख र हेरकै अवस्थामा छन्। रोयल च्यालेन्जर्स बैंग्लोरका अलराउण्डर क्रिस मोरिस पनि दर्शक बनेर हेरिरहेका छन्। सन्दीप मात्रै हैन विश्वकै उत्कृष्ट खेलाडीहरु पनि लयमा हुँदा हुँदै पनि प्लेइङ सेटमा परेका छैनन्।

सन्दीपसँगै क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा अफगानिस्तानका स्पिनर मुजिब उर रहमानले जमैका तलावाजबाटै खेले। सन्दीपको भन्दा प्रदर्शन मुजिबको सिपिएलमा उत्कृष्ट रह्यो। त्यो सिपिएलमा मुजिबले ११ खेलबाट १६ विकेट लिदा सन्दीपले १२ विकेट लिएका थिए। उनै मुजिब पनि अहिले पञ्जाबको बेन्चमै छन्।

दिल्ली टिममै पनि सन्दीप बाहेक पनि केही राम्रा विदेशी खेलाडीहरु बेन्चमै छन्। अस्ट्रेलियाका विकेटकिपर ब्याट्सम्यान एलेक्स क्यारी, अलराउण्डर किमो पाउल र अलराउडर ड्यानियल साम्स पनि बेन्चमै छन्। यसैले विश्वकै ठूलो फ्रेन्चाइज लिगमा अभ्यासमा सामेल भएर टिममा रहन पाउनु पनि सानो उपलब्धी भने होइन। सिकाइको ठूलो अवसर हुँदै हो। 

प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  १५:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
एनपीएलमा पहिलोपटक डीआरएस प्रयोगमा ल्याउने तयारी नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलोपटक ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) प्रविधि प्रयोगमा ल्याउने तयारी... आइतबार, असोज ४, २०८३
एनपीएल–३ को सेड्यूल सार्वजनिक, लुम्बिनी र सदुरदपश्चिमबीच कात्तिक ९ गते पहिलो खेल सार्वजनिक तालिका अनुसार पहिलो खेल डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र दोस्रो भएको सुदूरपश्चिम रोयल्सबीच कात्तिक १० गते सोमबार हुन... शनिबार, असोज ३, २०८३
एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ बिदाइ कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघि एसियन गेम्समा खेलेको अनुभव टोलीसँग रहेको र यसपटक पनि रा... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्