काठमाडौं- क्रिकेट खेलाडी ललितसिंह भण्डारीको उपचार सफल भएको छ। उपचार सफल भएपछि उनी मंगलबार डिस्चार्ज भएको ग्रान्डी इन्टरनेसनल अस्पतालले जानकारी दिएको छ।
डाक्टरको सुझावअनुसार ललितलाई केही महिना आराम गरी रिह्याब गर्नुपर्ने हुन्छ।
मोटरसाइकल दुर्घटनामा परी घाइते भएका ललितलाई उपचारका लागि धनगढीबाट नेपालगञ्ज हुँदै काठमाडौँ ल्याइएको थियो। भदौ २८ गते कञ्चनपुरमा से १ ख १३२४ नम्बरको ट्रकसँग ललितले चलाइरहेको म २ प ४७०५ नम्बरको मोटरसाइकल ठक्कर हुँदा उनी घाइते भएका थिए।
उनको उपचारका लागि सहयोग जुटाउन नेपाल क्रिकेट संघ, कप्तान पारस खड्का लगायतले पहल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।