काठमाडौँ- हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना संक्रमण भएको छ। मंगलबार उनीहरू दुवै जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो।
सामान्य लक्षण देखिएपछि सोमबार आचार्य दम्पतीले पिसिआर परीक्षणका लागि स्वाब दिएका थिए। उनीहरूको रिपोर्ट मंगलबार आएको हो।
हाल उनीहरू दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी आचार्यले फेसबुकमार्फत् दिएका छन्।
उनीहरूको सम्पर्कमा पुगेका सबैलाई सचेत रहन आचार्यले आग्रह गरेका छन्। कोरोना संक्रमण व्यापक रुपमा फैलिएको भन्दै उनले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्न अनुरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।