काठमाडौं– दिल्ली क्यापिटल्सका लेग स्पिनर अमित मिश्राले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको बाँकी खेल गुमाएका छन्।
दिल्ली क्यापिटल्सले प्रेस विज्ञप्ति जारी गर्दै हातको औलामा लागेको चोटको कारण अमितले जारी आइपिएलको बाँकी खेल गुमाएको जानकारी दिएको हो। ३७ वर्षीय अमितले कोलकत्ता नाइट राइडर्सविरुद्धको खेलमा चोटग्रस्त भएका थिए। शनिबार भएको खेलमा दिल्लीले कोलकत्तालाई १८ रनले पराजित गर्दा चोटको कारण अमितले भने २ ओभरमात्रै बलिङ गरेका थिए। २ ओभरमा उनले १४ रन खर्चिएर एक विकेट लिए।
दिल्लीले प्रेस विज्ञप्ति निकाल्दै अमितको छिटो चोट निको होस भनि कामना समेत गरेको छ। अमितले जारी आइपिएलमा ३ खेलबाट ३ विकेट लिए।
अमित मिश्रा घाइते भएसँगै नेपाली लेग स्पिनर सन्दीप लामिछानेले मौका पाउने अनुमान गरिएको छ। तर दिल्ली टिममा रविचन्द्रन अश्विन र अक्षर पटेल जस्ता राम्रा स्पिनर छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।