काठमाडौं- गत २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १ हजार ५ सय ३१ जना कोरोना संक्रमित भेटिएका छन्।
काठमाडौंमा ११७८ जना, भक्तपुरमा १०३ र ललितपुरमा २५० जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। योसँगै हालसम्म उपत्यकामा कोराना संक्रमितको संख्या ३१ हजार ४८ पुगेको छ। अब काठमाडौंमा २५ हजार २२४, ललितपुरमा ३ हजार २३३ र भक्तपुरमा २ हजार ५९१ संक्रमित पुगेका छन्।
पछिल्लो २४ घण्टामा देशभर २४४० जना कोरोना संक्रमण पुष्टि भएकाे छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या ८९ हजार २६३ पुगेको छ।
देशभर २३ हजार ५०७ जना सक्रिय संक्रमित छन्। ११ हजार १९१ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा १२ हजार ३१६ जना छन्। आज १३ हजार ७८१ जनाको परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा ११३३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म ६५ हजार २०२ जना निको भएका छन्। हाल ४ हजार ३३ जना क्वारेन्टाइनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।