• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

आइसियू बेड पाउनै मुस्किल, गम्भीर अवस्थाका कोरोना संक्रमितले पनि पालो कुर्नैपर्ने बाध्यता

आइसियू बेड सहज नभए मृतकको संख्या बढ्छ : विज्ञ
कमला गुरुङ आइतबार, असोज १८, २०७७  २३:२०
1140x725
फाइल तस्बिर

काठमाडौं- असोज १६ गते एकैदिन नेपालमा २ हजार ७२२ जना संक्रमित भेटिए। जसमध्ये १ हजार ६ सय ३८ जना संक्रमित काठमाडौं उपत्यकाका मात्र थिए। काठमाडौं उपत्यकामा एकै दिन यति धेरै संख्यामा संक्रमित भेटिएको यो नै पहिलो पटक थियो। 

नेपालमा हाल दैनिक करिब दुई हजारको आसपासमा संक्रमितहरु थपिँदै गएका छन्। त्यसमा आधाभन्दा बढी संक्रमित काठमाडौं उपत्यकाका मात्र हुन्छन्। अझ असोज १८ गतेको तथ्यांक हेर्ने हो भने त ७१ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा मात्र भेटिएका थिए। 

सुरुवाती दिनमा नेपालमा भेटिने अधिकांश संक्रमित लक्षणविहीन हुने गर्थे। त्यसबेला काठमाडौं उपत्यकामा संक्रमितको हुनेहरुको संख्या निकै न्यून थियो।

पछिल्लो समय भेटिएका नयाँ संक्रमितहरुमा कुनै न कुनै लक्षणसमेत देखिन थालेको छ। हाल संस्थागत आइसोलेसनमा रहेका अधिकांश संक्रमितमा कुनै न कुनै लक्षण भएर नै अस्पताल भर्ना हुने गरेका छन्। त्यसमा पनि अहिले आइसियूमा भर्ना हुने संक्रमितको संख्या बढ्दो छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २ सय २६ जना संक्रमित आइसियूमा उपचाररत छन्। यसअघि १७ गते आइसियूमा भर्ना हुने संक्रमितको संख्या २ सय १० थियो। 

संक्रमितको संख्या बढ्दै जाँदा उपत्यकाको अस्पतालमा आइसियूको अभाव हुन थालेको छ। अस्पतालका आइसियू कोरोना संक्रमितले भरिभराउ छन्। यहाँसम्म कि गम्भीर अवस्थाका संक्रमितले पनि आइसियू नपाउँदा पीडा सहँदै पालो कुर्नैपर्ने बाध्यता छ। 

धेरै कोरोना संक्रमितको उपचार हुने अस्पताल मध्य एक हो, बलम्बुस्थित नेपाल एपिएफ अस्पताल। आइतबारसम्मको तथ्यांक अनुसार यस अस्ततालमा १ सय ७४ जना संक्रमित उपचाररत छन्। जसमध्ये १९ जना आइसियू, २ भेन्टिलेटर, १ सय १८ पोजेटिभ वार्ड र ३७ जना आइसोलेसन वार्डमा छन्। 

हालसम्म ७६ जना संक्रमित आइसियूमा भर्ना भएको अस्पतालका प्रहरी उपरीक्षक डा प्रवीन नेपालले बताए। संक्रमितको चाप बढ्दै जाँदा आइसियूको व्यवस्थापन गर्न समस्या हुने गरको उनले बताए।  उनले भने, 'बिरामीहरु आइसियू चाहियो भनेर आउँछन्। आइसियूमा भर्ना हुने संक्रमितको चाप बढ्दो छ। त्यसैले व्यवस्थापन गर्न समस्या पनि हुन्छ।'

Ncell 2
Ncell 2
nimb
nimb

कोरोना संक्रमितको उपचारका लागि एपिएफ अस्पतालले १ सय २० शय्याको आइसोलेसन, २० आइसियू र ८ वटा भेन्टिलेटरको व्यवस्था गरेको छ। 

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई कोरोना विशेष अस्पताल बनाएको छ। कोरोना संक्रमितको उपचारका लागि शुक्रराज अस्पतालले २० शय्या छुट्याएको छ। तर हाल अस्पतालको आइसियू शय्या भरिभराउ छ। 

अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाका अनुसार २० जना संक्रमित आइसियूमा छन्। कोभिड वार्डमा २६ र स्पेशन कोभिड क्याबिनमा ५ जना संक्रमितको उपचार भइरहेको छ। अहिले अस्पतालको आइसियू दैनिकजसो नै भरिने गरेको डा बाँस्तोला बताउँछन्। 

त्रिवि शिक्षण अस्पतालले पनि कोरोना संक्रमितको उपचारका लागि १० आइसियू र ५ भेन्टिलेटरको व्यवस्था गरेको छ। तर त्रिवि शिक्षण अस्पतालमा पनि आइसियू खाली छैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कोभिड १९ व्यवस्थापन समितिका सदस्य डा सबिन थपलियाले अस्पतालमा १० जना संक्रमित आइसियूमा रहेको जानकारी दिए। जसमध्ये ४ जनालाई भेन्टिलेटरमा राखिएको छ। उनका अनुसार हाल ९१ जना संक्रमित उपचाररत छन्। 

आइसियूमा भर्ना हुने संक्रमित यहि दरमा बढ्दै गए मृतकको संख्या बढ्दै जाने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा बाबुराम मरासिनी बताउँछन्। 
उनी भन्छन्, यसरी नै आइसियूमा भर्ना गर्नुपर्ने बिरामीको संख्या बढ्दै गए। मृतकको संख्या पनि बढ्दै जान्छ। 

सरकारले तत्काल आइसियूको शय्या थप गर्नुपर्नेमा उनी जोड दिन्छन्। उनका अनुसार आइसियूमा भन्दा पनि सरकारले कोरोना संक्रमितलाई हाइ केयरको उपचार गर्नुपर्ने बताए। भेन्टिलेटर चाहिने संक्रमितलाई आइसियूलाई भर्ना गरेपनि अन्यलाई हाइ केयरको उपचार गरे मात्र पुग्ने उनको भनाई छ। 

उनले भने, भेन्टिलेटर चाहिने संक्रमितलाई आइसियूमा राख्नुपर्छ। तर अन्य संक्रमितलाई हाइ केयरको उपचार गर्ने व्यवस्था मिलाउने या आइसियूको शय्याको थप्न आवश्यक छ। 

पाटन र वीर अस्पतालमा पनि आइसियू भरिएका छन्। आइसियू भरिँदा गम्भिर अवस्थाका संक्रमितले समेत पालो कुरेर बस्नुपर्ने अवस्था आएको भन्दै अस्पतालका चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन्।

पाटन अस्पतालका एक चिकित्सकले भने, 'यस्तो गम्भीर अवस्था आइसक्दा पनि स्वास्थ्य मन्त्रालयले तयारी नगर्दा दुख लागेको छ।'

प्रकाशित मिति: आइतबार, असोज १८, २०७७  २३:२०
  • #Novel Corona Virus
  • #कोरोना_अपडेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्