काठमाडौं- देशभरका संक्रमितको करिब ७१ प्रतिशत कोरोना संक्रमित काठमाडौं उपत्यकामा मात्र भेटिएका छन्। आइतबार देशभर २ हजार २ सय ५३ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ५ सय ९९ संक्रमित भेटिएका हुन्। यो कुल संक्रमितको ७० दशमलव ९७ प्रतिशत हो।
काठमाडौंमा १३७३ जना, भक्तपुरमा ३९ जना र ललितपुर १८७ जना गरी १ हजार ५ सय ९९ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो समय काठमाडौं उपत्यकामा मात्र ५० प्रतिशतभन्दा बढी संक्रमित भेटिन थालेका छन्।
हाल उपत्यकामा कोरोनाबाट संक्रमित हुनेको संख्या २९ हजार ५ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकाका तीनै जिल्लामा सक्रिय संक्रमितको संख्या पनि ५ सय भन्दा बढी छ।
नेपालमा संक्रमितको कुल संख्या ८६ हजार ८२३ पुगेको छ भने २२ हजार ११९ जना सक्रिय संक्रमित छन्। यीमध्ये १० हजार ३२६ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा ११ हजार ८९३ जना छन्। आज १२ हजार ७८४ जनाको परीक्षण भएको छ। योसँगै हालसम्म १० लाख ७४ हजार ४४८ जनाको परीक्षण भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।