फाइल तस्बिर
काठमाडौं- नेपालमा एकै दिन ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ३५ पुगेको छ।
६ वटा जिल्लाका ४ महिला र ३ पुरुष गरी ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
चितवनमा ५५ वर्षीया महिला, काठमाडौंमा ५५, ललितपुरमा ७७ वर्षीय पुरुष, मकवानपुरमा ५ दिने बालिका, बाँकेमा २५ वर्षीया महिला र ६० वर्षीय पुरुष र कञ्चनपुरमा २९ वर्षीय महिलाको मृत्यु भएको छ। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६२ प्रतिशत छ।
पछिल्लो २४ घण्टामा देशभर २२५३ जना कोरोना संक्रमण पुष्टि भएकाे छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या ८६ हजार ८२३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
देशभर २२ हजार ११९ जना सक्रिय संक्रमित छन्। १० हजार ३२६ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा ११ हजार ८९३ जना छन्। आज १२ हजार ७८४ जनाको परीक्षण भएको छ। योसँगै हालसम्म १० लाख ७४ हजार ४४८ जनाको परीक्षण भएको छ।
काठमाडौंमा १३७३ जना, भक्तपुरमा ३९ जना र ललितपुर १८७ जना गरी १ हजार ५ सय ९९ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।