काठमाडौं– रोयल च्यालेन्जर्स बैंग्लोर इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा तेस्रो जित निकालेको छ। शनिबार भएको खेलमा बैंग्लोरले राजस्थान रोयल्सलाई आठ विकेटले पराजित गरेको हो।
१५५ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको बैंग्लोरले पाँच बल बाँकी छदै दुई विकेटको क्षतिमा लक्ष्य भेटायो। बैग्लोरका लागि कप्तान विराट कोहली र देवदुत्त पडिकलले उत्कृष्ट ब्याटिङ गरे। कप्तान कोहलीले ५३ बलमा सात चौका र दुई छक्का प्रहार गर्दै अविजित ७२ रन बनाए। त्यस्तै, देवदुत्तले ४५ बलमा ६३ रन बनाए।
यसअघि शेख जायद रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५४ रन बनाएको थियो। राजस्थानका लागि माहिपाल लोम्रोरले ४७, राहुल टेवाटियाले अविजित २४ र जस बटलरले २२ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो खेल्न सकेनन्। बलिङतर्फ बैंग्लोरका युज्भेन्द्र चाहालले तीन विकेट लिदा इसुरु उदनाको नाममा दुई विकेट रह्यो।
आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको बैग्लोरले दोस्रो खेलमा किंग्स इलाभेन पञ्जाबसँग ९७ रनको हार ब्यहोरेको थियो। तेस्रो खेलमा भने मुम्बई इन्डियन्सलाई बैंग्लोरले सुपर ओभरमा पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।