काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका अधिकांश व्यक्तिलाई कोरोना पोजेटिभ भएपछि आइतबार बस्ने भनिएको सचिवालय बैठक सर्न सक्ने देखिएको छ। तर, आधिकारिक सूचना भने आइनसकेको एक सचिवालय सदस्यले बताए।
शनिबारका लागि राखिएको सचिवालय बैठक आइतबारका लागि सारिएको थियो। तर प्रधानमन्त्री सचिवालयका मात्रै ५ जनामा कोरोना संक्रमण पुष्टी भएपछि सर्न सक्ने एक सचिवालय सदस्यले बताए। उता प्रधानमन्त्री ओलीले आफ्ना सबै भेटघाट बन्द गरेका छन्।
शुक्रबार गरिएको स्वाब परीक्षणमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा‚ प्रमुख सल्लाहकार विष्णु रिमाल‚ फोटो पत्रकार राजन काफ्ले‚ परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना पुष्टि भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।