काठमाडौं–प्रधानमन्त्रीनिवास बालुवाटारमा खटिएका ७० सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ।
नेपाली सेनाका २८, सशस्त्र प्रहरीका १८, नेपाल प्रहरीका १८ र राष्ट्रिय अनुसन्धान विभागका ३ जनामा कोरोना संक्रमण देखिएको हो।
यसअघि प्रधानमन्त्रीको सचिवालयका ५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। शुक्रबार गरिएको स्वाब परीक्षणमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा‚ प्रमुख सल्लाहकार विष्णु रिमाल‚ फोटो पत्रकार राजन काफ्ले‚ परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना पुष्टि भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।