काठमाडौं - देशभर हाल २ सय ४८ जना कोरोना संक्रमित अस्पतालको आइसीयु र भेन्टिलेटरमा छन्। गत २४ घण्टामा भेटिएका २ हजार १ सय २० संक्रमितमध्ये २ सय ४८ जना संक्रमित आइसीयु र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२ सय १७ जना आइसीयु र ३१ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्। आइसीयु र भेन्टिलेटरमा रहने कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र १ सय १६ जना आइसीयु र २४ जना संक्रमित अस्पतालको भेन्टिलेटरमा छन्।
प्रदेश १ मा २२ जना आइसीयु र २ भेन्टिलेटरमा, प्रदेश २ मा १७ आइसीयु र १ जना भेन्टिलेटरमा छन्। गण्डकीमा ६ जना आइसीयुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्।
प्रदेश ५ मा ३७ जना आइसियु र ४ जना भेन्टिलेटरमा छन्। कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा ३ जना संक्रमित आइसियुमा छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि कुनै संक्रमित भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।