काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापामा कोरोना संक्रमण पुष्टी भएको छ। शुक्रबार भएको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको फेसबुकमार्फत् जानकारी दिए।
आफूसँग सम्पर्कमा रहेका सबैलाई सावधानी अपनाउन भन्दै उनले लेखेका छन्‚ ‘हिजोको पिसिआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो। यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु।’
शुक्रबार गरिएको परीक्षणमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल‚ फोटो पत्रकार राजन काफ्ले‚ परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना पुष्टि भएको जनाइएको छ। यसअघि प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाहलाई संक्रमण भएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।