काठमाडौं–बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ।
महोत्तरी घर भइ हाल इनरुवा ४ बस्ने २८ वर्षीया महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको हो। असोज ८ गते कोरोना पुष्टि भएकी उनलाई सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।
ती महिलामा कुनै दीर्घरोग नभएको अस्पतालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।