ललितपुर- बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका-१२ ठेचो बस्ने ६० वर्षीय हेमकाजी महर्जन डंगोललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
उच्च अदालत पाटनको २०७१ मंसिर २१ गतेको फैसलाले बैकिङ कसुर मुद्धामा १ करोड ६५ लाख रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनको खोजी गर्ने क्रममा उनकै घर ठेगानाबाट पक्राउ गरेको हो।
उनलाई कैद तथा जरिवाना अशुलीतर्फ आवश्यक कारबाहीको लागि ललितपुर जिल्ला अदालत पठाइएको उक्त परिसरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।