काठमाडौं- नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ।
निगमले बिहीबार एक विज्ञप्तीमार्फत् पौडेललाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। पौडेललाई १–२ दिनदेखि स्वास्थ्यमा समस्या देखिएको र मंगलबार गरिएको पिपिआर परीक्षणबाट कोरोना पोजेटिभ पुष्टि भएको विज्ञप्तीमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।