काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई कोरोना संक्रमण भएको छ। स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि ज्ञवाली होम आइसोलेसन बसेका छन्।
सोमबार उनको रिपोर्ट पोजेटिभ आएको हो। ज्ञवालीको स्वाब परीक्षणको रिपोर्ट गत सोमबार वीर अस्पतालले दिएको थियो। ज्ञवालीले कोरोना भएको जानकारी आफैंले दिएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले जानकारी गराएका छन्। त्यसपछि ज्ञवालीको परिवारका सदस्यको पनि स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।