काठमाडौं- नेपालमा एकै दिन थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ९ पुगेको छ।
पछिल्लो २४ घण्टामा १ हजार ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७९ हजार ७९२८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर २१ हजार ८३० जना सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार हाल ५ हजार ७७ जना क्वारेन्टाइनमा छन्।
आजसम्म १० लाख ३३ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा थप ९६१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा ५७ हजार ३८९ जना संक्रमित उपचारपछि निको भएका छन्।
पछिल्लो २४ घण्टामा थप ९ सय ६१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा ५७ हजार ३ सय ८९ जना संक्रमित उपचारपछि निको भएका छन्।
आज मन्त्रालयका अनुसार १२ हजार ४ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै १० लाख ३३ हजार ९ सय ४७ सय ३ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ५ हजार ७७ जना क्वारेन्टाइनमा छन्।
कुन प्रदेशमा कति डिस्चार्ज
प्रदेश १ –५१२४
प्रदेश २– १३८९८
बाग्मती प्रदेशमा –१५६९०
गण्डकी प्रदेशमा –३३७९
प्रदेश ५मा –८९११
कर्णाली प्रदेशमा –२९६८
सुदूरपश्चिम प्रदेशमा ७०१९
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।