काठमाडौं- पछिल्लो २४ घण्टामा थप ९ सय ६१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यो सँगै नेपालमा ५७ हजार ३ सय ८९ जना संक्रमित उपचारपछि निको भएका छन्।
आज मन्त्रालयका अनुसार १२ हजार ४ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै १० लाख ३३ हजार ९ सय ४७ सय ३ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ५ हजार ७७ जना क्वारेन्टाइनमा छन्।
कुन प्रदेशमा कति डिस्चार्ज
प्रदेश १ –५१२४
प्रदेश २– १३८९८
बाग्मती प्रदेशमा –१५६९०
गण्डकी प्रदेशमा –३३७९
प्रदेश ५मा –८९११
कर्णाली प्रदेशमा –२९६८
सुदूरपश्चिम प्रदेशमा ७०१९
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।