काठमाडौं- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) बलात्कारका घटना बढीरहेको भएपनि विश्वका अन्य देशहरुको तुलनामा अवस्था चिन्तजनक नभएको गृहमन्त्री थापाको भनाइ, नेपालको स्थान पछाडिबाट टप १५ मा रहेको तर्क
२) नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु, ४९८ पुगे मृतक, काठमाडौं उपत्यकामा ९०२ सहित १ हजार ५५९ जनामा संक्रमण, ७७ हजार ८१७ पुगे संक्रमित
३) अर्थमन्त्रीबाट युवराज खतिवडाको बहिर्गमनसँगै विद्युतीय गाडीको कर घटाउन व्यवसायीको लबिङ, व्यक्तिगत र सामूहिक रुपमा प्रधानमन्त्री ओलीमार्फत् दबाब, नयाँ अर्थमन्त्री नियुक्तिको पर्खाइमा व्यवसायी
४) अमेरिकी राष्ट्रपतीय निर्वाचनका दुई उम्मेदवार ट्रम्प र बाइडेनबीचको पहिलो बहस निकै अशिष्ट र अराजक, ट्रम्पले भने–बाइडेनको बुद्धि छैन, बाइडेनको प्रत्युत्तर–ट्रम्प जोकर हुन्
५) र, चेल्सीलाई पेनाल्टीमा ५–४ गोल अन्तरल पराजित गर्दै टोटेनहम काराबाओ कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश, अन्तिम पेनाल्टी प्रहारमा मासनले गोल गर्न नसक्दा चेल्सीको हार
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।