काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। भान्सेमा कोरोना संक्रमण देखिएपछि प्रधानसेनापतिको पिसिआर परीक्षण गरिएको थियो। उनको नमुनाको रिपोर्ट बुधबार आएको हो।
भान्सेमा संक्रमण देखिएपछि आइतबारदेखि सेल्फ क्वारेन्टाइनमा बसेका थिए।
प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।