फाइल तस्बिर
काठमाडौं- पछिल्लो २४ घण्टामा थप १०५७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा ५६ हजार ४२८ जना संक्रमित उपचारपछि निको भएका छन्। यो कुल संक्रमितको ७२.५ प्रतिशत हो।
पछिल्लो २४ घण्टामा १ हजार ५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर २० हजार ८९१ जना सक्रिय संक्रमित छन्। हाल १० हजार ८७ संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ८०४ जना छन्। मन्त्रालयका अनुसार हाल ५ हजार ४२८ जना क्वारेन्टाइनमा छन्। आज १२ हजार २०५ जनाको पिसिआर परीक्षण भएको छ।
पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा ९०२ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ६९७, भक्तपुरमा ९३ र काठमाडौंमा ११२ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।