नयाँदिल्ली–भारतका उपराष्ट्रपति बेंकैया नायडुलाई कोरोना संक्रमण देखिएको छ। उनको सचिवालयले मंगलबार उपराष्ट्रपति कोरोना संक्रमित भएको जानकारी दिएको हो।
मंगलबार गरिएको परीक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ। हाल उनी घरमै सेल्फ आइसोलेसनमा बसेका छन्।
उनकी पत्नी उषा नायडुको रिपोर्ट भने नेगेटिभ आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।