काठमाडौं– नेपालका स्टार स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराइजर्स हैदराबादविरुद्ध पनि प्लेइङ सेटमा परेका छैनन्।
दिल्ली क्यापिटल्सका सन्दीप तेस्रो खेलमा हैदराबादविरुद्ध पनि बेन्च मै रहेका हुन्। यसअघि पहिलो खेलमा किंग्स इलाभेन पञ्जाब र दोस्रो खेलमा चेन्नाई सुपर किंग्सविरुद्ध सन्दीप प्लेइङ सेटमा परेका थिएनन्। लगातार दुवै खेलमा जित हात पारेको दिल्लीले एक खेलाडी परिवर्तन गरेको छ।
दिल्लीको प्लेइङ सेटमा इशान्त शर्माले स्थान पाउँदा अभेष खान भने बाहिरिएका छन्। इशान्त अभ्यासकै क्रममा घाइते भएका थिए। दुई खेल गुमाएका उनी तेस्रो खेलमा भने प्लेइङ सेटमा परेका हुन्।
दिल्लीले टस जितेसँगै हैदराबादले ब्याटिङको निम्तो पाएको छ। हैदराबादको टिममा दुई खेलाडी परिवर्तन भएका छन्। मोहम्मद नाबीको स्थानमा केन विलियम्सन र ऋद्धिमान शाहको स्थानमा अब्दुल सामद परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।