काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ५ सय १३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ को इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १, झापामा ९,तेह्रथुमा २, भोजपुर १, मोरङमा १०१, सुनसरीमा ३२ जनामा कोरोना छ।
प्रदेश २ को धुनषामा १०, पर्सामा २३, बारामा ४, महोत्तरीमा २, सप्तरीमा ५, सर्लाहीमा ६ र सिरहामा ८ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ७ सय ४७ जनामा कोरोना पुष्टि भएको छ। यसैगरी ललितपुर र भक्तपुरमा क्रमश ११४ र ७३ जना संक्रमित थपिएका छन्। काठमाडौं उपत्यकाका तीनै जिल्लामा मात्र २४ घण्टामा ९३४ जना संक्रमित थपिएका छन्। यो देशभरका कुल संक्रमितको तुलनामा ६१ दशमलव ७३ प्रतिशत हो।
बागमतीकै काभ्रेमा १३, चितवनमा ६२, धादिङमा ४, नुवाकोटमा ४, मकवानपुरमा ६, रामेछापमा १, सिन्धुलीमा ३ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १६, गोरखामा २, तनहुँमा १७, नवलपरासी पूर्वमा १५, र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश ५ को कपिलवस्तुमा ११८, गुल्मीमा २, दाङमा ११, नलवपरासीमा ५, पाल्पामा ६, बर्दियामा १९, बाँकेमा ४१ ,रोल्पामा १ र रुपन्देहीमा ९५ जनामा कोरोना पाइएको छ।
यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिममा १, सुदूरपश्चिमको कञ्चनपुरमा ८, कैलालीमा २७, डडेल्धुरामा १, डोटीमा १ र बैतडीमा ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
कुल संक्रमितमध्ये २० हजार ३ सय ९६ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १० हजार ८ सय ९१ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ५ हजार ७ सय ७८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।