काठमाडौं–बागमती प्रदेशसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई कोरोना संक्रमण पुष्टि भएको छ।
सिग्देलको स्वाब परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको हो। घाँटी दुखेपछि सिग्देलले स्वाब परीक्षण गरेकी थिइन्। उनी अहिले काठमाडौंस्थित घरमा होम आइसोलेसनमा बसेकी छन्। सिग्देल असोज ५ गते काठमाडौं आएकी थिइन्।
सिग्देलका श्रीमान् तथा प्रतिनिधि सभा सांसद विरोध खतिवडा र छोरी पूर्व मिस नेपाल श्रृंखला खतिवडाको रिपोर्ट भने नेगेटिभ आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।