काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई २०२ रनको लक्ष्य दिएको छ। देवदत्त पाडिकल, एबी डिभिलियर्स र अरोन फिन्चको अर्धशतकको योगदानमा राेयलले सो लक्ष्य दिएकाे हाे।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेकाे १३औं संस्करणको आइपिएलमा टस हारेर बैंगलोरले पहिले ब्याटिङ गरेको थियो। ४० बल खेलेका पाडिकलले ५ चौका र २ छक्काको सहयोगमा ५४ रन बनाए। त्यस्तै ३५ बल खेलेका फिन्चले ७ चौका र १ छक्काको सहयोगमा ५२ रनको योगदान गरे।
बैंगलोरका लागि एबी डिबिलियर्स २४ बल खेल्दै ४ चौका र ४ छक्काको सहयोगमा ५५ रनको अर्धशतकीय पारी खेले। त्यस्तै शिभम डुबेले २७ रन बनाउँदा कप्तान विराट कोहलीले ३ रन मात्र बनाएर आउट भए। काेहली फेरि एक पटक रन बनाउन असफल भए। बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्टले दुई विकेट लिँदा राहुल चहारले एक विकेट हात पारे।
गत सिजनमा खराब प्रदर्शन गरेको बैंगलोरले यो सिजनमा भने उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।