• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सम्पादकीय : सत्याग्रहीलाई बेवास्ता नगर

64x64
नेपाल लाइभ सोमबार, असोज १२, २०७७  १७:४४
1140x725

कतिपयले स्वार्थका कारण जिब्रो चपाउलान् तर डा केसीले उठाइरहेका मागलाई गलत भन्न सक्ने आँट उनका विरोधीहरूसँग पनि छैन। यसले उनको मागको सान्दर्भिकता र ती माग उठाउन सक्ने नैतिक बलको पुष्टि गर्छन्। उनै केसी अनसन बस्न थालेको सोमबार १५ दिन पुगिसकेको छ। तर सरकारले उनलाई पूरापूर बेवास्ता गरिरहेको छ।

समाजवाद र साम्यवादको लक्ष्य बोकेको पार्टीले सरकारको नेतृत्व गरिरहेको छ। ती पार्टीका पहिलो पुस्ताका सबैजसो नेताहरु गरिब जनताको घरमा मकै र पिठो बाँडिचुँडी खाएर राजनीति गर्दै अघि बढेका हुन्। नेताहरुले जनताका दुःख र हैरानी देखेकै छन्। जनतालाई आफ्नो आधारभूत हकप्रति सचेत रहन सिकाउनका लागि उनीहरुको पनि योगदान छ। उनीहरुले नै सपना देखेका र देखाएका थिए- निमुखाहरुको उत्थानको, समान अधिकारको। अब प्रश्न उठ्छ- डा केसीले पनि यसभन्दा प्रतिकूल कुन चाहिँ माग राखेका छन्?

दुर्गममा पनि सहज र गुणस्तरीय स्वास्थ्य सेवा पुगोस्, चिकित्सा शिक्षाको अवसर खुलोस्, यो क्षेत्र निजीको हातबाट बिस्तारै राज्यको हातमा पुगोस्, निम्न वर्गको पनि पहुँचमा पुगोस् भनेर माग राखेर पटकपटक वृद्ध शरीरले अनसनको बाटो अपनाउँदा राज्यलाई ग्लानि हुनुपर्ने हो। अनसन बसिहाले पनि तत्कालै सुनुवाइ हुनुपर्ने हो। राज्य सञ्चालकको विगतको संघर्ष र संविधानको मर्मले पनि त्यति अपेक्षा गर्न सकिन्छ।

सरकारले विगतमा आफैंले गरेको सम्झौता लागू गरिरहेको छैन। २०७५ साउन १० गते सरकारले गरेको सम्झौता लागू गर्नुपर्ने डा केसीको माग छ। यो यस्तो सम्झौता हो, जसलाई प्रधानमन्त्री केपी ओलीले नै लागू गर्ने वाचा गरेका थिए। वाचा मात्रै होइन, सम्झौता हुनुअघि आफू भ्रममा रहेको र सम्झौतापछि कुरा बुझेको अभिव्यक्ति दिएका थिए।तर उनले वाचा पूरा गरेनन्। त्यही वाचा डा केसीले सम्झाइरहनुपरेको छ। प्रधानमन्त्रीसँग आफू र संस्थाको विश्वसनीयता जोगाउने दायित्व हुन्छ कि हुँदैन? हुन्छ भने, डा केसीले सम्झौता लागू गर भनेर भनिराख्नुपर्ने हो कि आफैंले बुझ्नुपर्ने हो?

चिकित्सा शिक्षा भित्रको सारा कुरुप चित्रको कुनाकुना सार्वजनिक भइसकेका छन्। डा केसीको संघर्षले धेरै सुधार पनि भएकै छ। तर सुधारहरुलाई संस्थागत हुन नदिने चलखेल पनि भइरहेका छन्। सरकारले सुधारलाई निरन्तरता दिने हो कि स्वार्थी समूहको प्रभावमा परेर भइसकेको सुधारलाई पनि निमोठ्ने हो?

Ncell 2
Ncell 2
nimb
nimb

डा केसीले उठाएका मागमा भ्रष्टाचारीहरुलाई कारबाहीको विषय पनि छ। यो मागका लागि कोही अनसन बस्दैछ रे भन्ने सुन्नासाथ प्रधानमन्त्री ओलीलाई लाज लाग्नुपर्ने हो। तर उनका निम्ति कुनै फरक परेको छैन।

आफूलाई भ्रष्टाचार विरोधी देखाउने उनको प्रयास ट्विट र भाषणमै सिमित छ। नत्र भ्रष्टाचार र अनियमितता जोडिएका काण्ड सुनेर दिगमिग लाग्नुपर्ने हो। तर उनी त्यस्ता शंकास्पद काण्डको छानबिन र दोषीलाई कारबाही गर्नेतिर होइन, आफू निकटका नेताहरुको बचाउमा बोल्ने गरेको सुनिन्छ।

प्रधानमन्त्री ओलीमा निहित अतिशय शक्तिका कारण राज्यका अन्य अंग र संरचनाहरु उनको इशारामा घुमिरहेका छन्। उनका संकेतहरु बुझेर काम गरिरहेका छन्। आज अदालतदेखि अख्तियारका कामसम्ममा प्रश्न उठेका छन्। सडकमा लागेका नारादेखि सामाजिक सञ्जालका अभिव्यक्तिसम्मले राज्यका संस्थाहरुको विश्वसनीयता गुम्दै गएको देखिन्छ। यस्तो अवस्थामा डा केसीजस्ता सचेत नागरिकले सुधारको अपेक्षा राख्नु र आफ्नो तरिकाले संघर्ष गर्नु जायज हो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

एउटा अनसनकारीलाई बेवास्ता गरेर राज्य मौन बस्न पाउँदैन। कि त उसले भन्नुपर्छ, डा केसीका मागहरु यस कारणले गलत छन्। त्यसो भनियो भने त्यसको चर्चा र विश्लेषण त्यही बिन्दुबाट सुरु हुने नै छ। कि त उसले मागहरु पूरा गर्नुपर्छ।

'हामी यति शक्तिशाली छौं, अनसनकारीसँग किन झुक्ने?' भनेर शासकहरुले दम्भ पालिरहेका छन् भने त्यसलाई आजै त्यागेको राम्रो हो। डा केसीसँग हार्नलाई केही छैन। उनीसँग नहारेको कोही शासक छैन।

प्रकाशित मिति: सोमबार, असोज १२, २०७७  १७:४४
  • #सत्याग्रह
  • #drkc
  • #डाकेसी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ?
सम्बन्धित सामग्री
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्