काठमाडौं–सानिमा बैंकले नेपालीहरुको महान चाड बडादसैंको उपलक्ष्यमा निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ। बैंकले ‘यो पालिको दसैंमा क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ भन्ने नारासहित क्रेडिट कार्ड जारी गर्ने भएको हो।
यो योजना असोज १२ गतेदेखि असोज मसान्तसम्म आवेदन दिने सम्पूर्ण ग्राहकहरुले प्राप्त गर्न सक्ने छन्। साथै सुलभ व्याजदरमा मासिक किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्न सकिने बैंकले जनाएको छ। यसैगरी, पहिलो ५० जना ग्राहकहरुले अनलाइन सपिङ पोर्टल ‘दराज’ मा तीन हजार रुपैयाँ बराबरको सामान खरिद गर्दा ५०० रुपैयाँको निःशुल्क भौचरसमेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८२ वटा शाखा, १५ वटा विस्तारित काउन्टर र ८१ वटा एटिएम सञ्चालनमा छन्। सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटल, रेष्टुरेन्ट आदिमा छुट प्राप्त गर्ने सक्ने व्यवस्था रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।