काठमाडौं- कोरोना भाइरसको पिसिआर परीक्षणका लागि सरकारले २ हजार मात्र लिन अन्तिम चेतावनी दिएको एक साता पनि नबित्दै सरकारले तोकेभन्दा १९ सय बढी असुल गर्ने निर्णय गरेका छन्।
देशभरका सबै ल्याबको नियमन गर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गतसाता मात्र पिसिआर परीक्षणमा २ हजारभन्दा बढी लिएको पाइए लाइसेन्स खारेज गर्ने चेतावनी दिएको थियो। काठमाडौं उपत्यकाका ८ निजी ल्याबहरूले सरकारको निर्देशनलाई अटेरी गर्दै ३ हजार ९ सय अशुल्ने निर्णय गरेका हुन्।
काठमाडौं उपत्यकका स्टार अस्पताल प्रयोगशाला, ह्याम्स अस्पताल प्रयोगशाला, बि एन्ड बी अस्पताल प्रयोगशाला, नेपाल मेडिसिटी अस्पताल प्रयोगशालाले पिसिआरमा ३९ सय नै लिने निर्णय गरेका हुन्। यस्तै डिकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर, सेन्ट्रल डाइग्नोस्टिक ल्याबरोटर एन्ड रिसर्च सेन्ठ्ठर र इन्ट्रापिड डायग्नोस्नोस्टिक सेन्टरले ३९ सय रूपैयाँ असुल्न जारी राख्ने निर्णय गरेको संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।
पिसिआर परीक्षणका लागि आफूहरूले तोकेको ३ हजार ९ सय रुपैयाँ शुल्क नै यथार्थपरक रहेको दाबी गर्दै काठमाडौंका निजी ल्याबहरूले आफूहरूले ३९ सयभन्दा कम शुल्कमा परीक्षण गर्न नसक्ने उल्लेख गरेका छन्। उनीहरूले सरकारले आफूहरूसँग छलफल नगर्दासम्म ३९ सय नै असुल्ने उल्लेख गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पनि केही दिनअघि कोरोना ब्रिफिङका क्रममा २ हजार मात्र शुल्क लिने निर्णय भएकाले सोहीअनुसार कार्यान्वयन गर्ने/गराउने निर्णय भएको जानकारी दिएका थिए। तर सरकारको निर्णयलाई निजी प्रयोगशालाले चुनौती दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।