काठमाडाैं-कोरोना संक्रमण लगातार बढिरहेको छ। अहिले देशभरका सक्रिय संक्रमितमध्ये करिब आधाजति काठमाडांैमा हुन थालेका छन्। काठमाडौंमा हालसम्म १६ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये महानगरमा मात्र ८ हजार जनामा संक्रमण पुष्टि भएको छ। महानगरमा पहिचान नखुलेका संक्रमित ३ सय ६५ जना छन्।
भदौ १० गतेसम्म महानगरमा ६५ जना संक्रमितले ज्यान गुमाएका छन्। महानगरका सवै बडामा संक्रमित संख्या सयमाथि पुग्न लागेको छ। भदौ १० गतेसम्म महानगरले उपलव्ध गराएको तथ्याकमा होम आइसोलेनमा बस्ने संक्रमितको संख्या वढिरहेको छ भने अस्पताल र संस्थागत आइसोलेसनमा बस्नेको संख्या घटिरहेको छ। हाल २ हजार ५सय २६ जना होम आइसोलेसनमा छन्। सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ८६ रहेको छ। संस्थागत आइसोलेनमा ६ सय ९८ र अस्पतालमा ४ सय ६२ जना रहेका छन्।
होम आइसोलेसनमा बस्ने बढे
महानगरका सवै वडामा संक्रमण फैलिइसकेको छ। संक्रमितमध्ये २ हजार ५ सय २६ जना होम आइसोलेसनमा छन्। अस्पतालमा ४ सय ६२ जना छन् भने संस्थागत आइसोलेसनमा ६ सय ९८ जना रहेको महानगरको सहरी स्वास्थ्य महाशाखाको तथ्यांकमा उल्लेख छ।
हालसम्म महानगरमा ३ हजार ८ सय ४४ जना संक्रमणमुक्त भएका छन्। महानगरले १७ हजार ४ सय ४३ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको छ। तीमध्ये १० प्रतिशतको रिपोर्ट पोजेटिभ आएको छ। कन्ट्याक्ट ट्रेसिङवाट १७ सय ४० जनाको रिपोर्ट पोजेटिभ आएको छ।
यी हुन् महानगरका ‘हटस्पट’
काठमाडौं महानगरका १६ वटा वडामा २ सयभन्दा बढी संक्रमित छन्। सबैभन्दा धेरै वडा नम्बर १५ स्वयम्भुमा छन्। यहाँ ७ सय २४ जनामा संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ। सँगै रहेको वडा न १६ बालाजुमा ५ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै ३ जना संक्रमितले ज्यान गुमाएका छन्।
वडा न ३ महारागञ्ज ४ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै संक्रमितको मृत्यु वडा नं ५ हाँडीगाउँ भएको छ। यहाँ ६ जनाले ज्यान गुमाएका छन् । यो वडामा १३६ जनामा संक्रमण पुष्टि भएको छ।
२०० भन्दा धेरै संक्रमित भएका हटस्पट वडा, कहाँ कति?
- वडा न ३ महारागञ्ज–४६२, मृत्यु १
- वडा न ४ धुम्वाराही-२२८, मृत्यु ५
- वडा न ७ मित्रपार्क- २७९, मृत्यु ४
- वडा न ९ गौशाला- २३६, मृत्यु १
- वडा न १० बानेश्बर- २००, मृत्यु ३
- वडा न ११ त्रिपुरेश्वर- ४७४, मृत्यु १
- वडा न १३ कालिमाटी- ४४९, मृत्यु ४
- वडा न १४ कलंकी- ४०१, मृत्यु १
- वडा न १५ स्वायम्भु- ७२४, मृत्यु ४
- वडा न १६ बालाजु- ५४९, मृत्यु ३
- वडा न २६ लैनचौर- २५९, मृत्यु १
- वडा न २७ इनबहाल- २९६, मृत्यु ४
- वडा न २८ बागवजार- ३८६, मृत्यु १
- वडा न २९ डिल्लीबजार- २२५, मृत्यु ०
- वडा न ३१ शान्तिनगर- २००, मृत्यु १
- वडा न ३२ कोटेश्वर- ४२७, मृत्यु २
- नखुलेको ३६५
संक्षिप्तमा काठमाडाैंकाे अवस्था
कूल संक्रमित ८०००
होम आइसाेलेसनमा २५२६
अस्पतालमा ४६२
संस्थागत आइसोलेसनमा ६९८
निको भएका ३६८६
मृत्यु ६५
पिसीआर परीक्षण १७७९१
कुन वडामा कति संक्रमित? ( असोज १० गतेसम्मको तथ्यांकका आधारमा )
- वडा न १ नक्साल- १७६, मृत्यु १
- वडा न २ लाजिम्पाट- ६०, मृत्यु ०
- वडा न ३ महारागञ्ज- ४६२, मृत्यु १
- वडा न ४ धुम्वाराही- २२८, मृत्यु ५
- वडा न ५ हाँडीगाउँ- १३६, मृत्यु ६
- वडा न ६ बौद्ध-१६४, मृत्यु १
- वडा न ७ मित्रपार्क- २७९, मृत्यु ४
- वडा न ८ जयवागेश्वरी- १९६, मृत्यु १
- वडा न ९ गौशाला- २३६, मृत्यु १
- वडा न १० बानेश्बर- २००, मृत्यु ३
- वडा न ११ त्रिपुरेश्वर- ४७४, मृत्यु १
- वडा न १२ टेकु- १२९, मृत्यु २
- वडा न १३ कालिमाटी- ४४९, मृत्यु ४
- वडा न १४ कलंकी- ४०१, मृत्यु १
- वडा न १५ स्वयम्भु- ७२४, मृत्यु ४
- वडा न १६ बालाजु- ५४९, मृत्यु ३
- वडा न १७ खुसीबुँ- १४४, मृत्यु २
- वडा न १८ नरदेवी- ५६, मृत्यु ०
- वडा न १९ कंकेश्वरी- ५५, मृत्यु ०
- वडा न २० भीमसेनस्थान- १०६, मृत्यु ४
- वडा न २१ लगन- १०७, मृत्यु ३
- वडा न २२ संकटा- ८९, मृत्यु १
- वडा न २३ ओमबहाल- ९७, मृत्यु ३
- वडा न २४ मखन- ७९, मृत्यु ०
- वडा न २५ नःघल- १०१, मृत्यु ३
- वडा न २६ लैनचौर- २५९, मृत्यु १
- वडा न २७ इनबहाल- २९६, मृत्यु ४
- वडा न २८ बागवजार- ३८६, मृत्यु १
- वडा न २९ डिल्लीबजार- २२५, मृत्यु ०
- वडा न ३० ज्ञानेश्वर- ११८, मृत्यु २
- वडा न ३१ शान्तिनगर- २००, मृत्यु १
- वडा न ३२ कोटेश्वर- ४२७, मृत्यु २
- नखुलेको ३६५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।