काठमाडौं-विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट विदेशमा थप २१ नेपालीको मृत्यु भएकाे छ।
गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जना गरी थप २१ जनाकाे मृत्यु भएकाे हाे। शनिवार साँझसम्म १७ देशमा रहेका २ सय ६५ नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेकाे छ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिवार साँझसम्म नेपालबाहेक विभिन्न ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
तीमध्ये ३५ हजार ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो ।
समितिका संयोजक डा संजीव सापकोटाका यो साता पोर्चुगल,बेलायत, साउदी अरब, कुवेत, यूएई र संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।