काठमाडौं - देशभर हाल २ सय ६० जना कोरोना संक्रमित अस्पतालको आइसियू र भेन्टिलेटरमा छन्। गत २४ घण्टामा भेटिएका १ हजार २ सय ७ संक्रमितमध्ये २ सय ६० जना संक्रमित आइसियू र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२ सय ३२ जना आइसियू र २८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्। सुदूरपश्चिम बाहेक अन्य ६ प्रदेशमा संक्रमितहरु आइसियू र भेन्टिलेटरमा छन्। प्रदेश १ र बागमती प्रदेशमा मात्र कोरोना संक्रमित भेन्टिलेटरमा छन्।
आइसियू र भेन्टिलेटरमा रहने कोरोना संक्रमितको संख्या बागमती प्रदेशमा सबैभन्दा धेरै छ। बागमती प्रदेशमा मात्र १ सय ४१ जना आइसियू र २६ जना संक्रमित अस्पतालको भेन्टिलेटरमा छन्।
प्रदेश १ मा १३ जना आइसियू र २ भेन्टिलेटरमा, प्रदेश २ मा ४ आइसियूमा छन्। गण्डकीमा ६ जना आइसियू, प्रदेश ५ मा ४१ जना आइसियू, कर्णालीमा १५ जना आइसियूमा रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।