काठमाडौं- काठमाडौं उपत्यकामा १ सय ६९ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आइसीयु र भेन्टिलेटरमा उपचाररत गराइरहेका छन्। उपत्यकाका २२ वटा अस्पतालमा १ सय ३५ जना आइसीयु र ३४ जना भेन्टिलेटरमा गरी १ सय ६९ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ७ सय २८ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
२२ अस्पतालमध्ये नेपाल प्रहरीमा मात्र ३ सय ४८ जना संक्रमित छन्। नेपाल प्रहरी अस्पतालपछि इचंगु नारायण आइसोलेसन सेन्टर रानीवनमा सबैभन्दा धेरै ३ सय २२ जना संक्रमित उपचाररत छन्।
सशस्त्र अस्पतालमा १ सय ९ आइसोलेसन, २० आइसीयु र ४ जना भेन्टिलेटरमा गरी १ सय ३३, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा १ सय १३ जना आइसोलेसनमा छन्।
वीर अस्पतालमा ९२ आइसोलेसन, ८ आइसीयु र १ भेन्टिलेटरमा गरी १ सय १, त्रिवि शिक्षण अस्पतालमा ८० आइसोलेसन, २१ आइसीयुमा र १ भेन्टिलेटरमा गरी १ सय २ जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा ८६ आइसोलेसनमा, १२ आइसियु र ४ जना भेन्टिलेटरमा गरी १ सय २ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, मनमोहन अस्पताल दहचोकमा ६६, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा १९ आइसोलेसन, १२ आइसीयु र ४ भेन्टिलेटरमा गरी ३५, काठमाडौं मोडल कलेज दुवाकोटमा २६ आइसोलेसन, १ आइसीयु र ३ भेन्टिलेटरमा गरी ३०, धुलिखेल अस्पतालमा २६ आइसोलेसन, २ आइसीयु र २ जना भेन्टिलेटरमा गरी ३० जना उपचाररत छन्।
यस्तै वीरेन्द्र अस्पतालमा ७२ आइसोलेसन र १८ आइसीयु गरी ९०, भक्तपुर अस्पताल कोभिड उपचार केन्द्रमा १३, खरिपाटी आइसोलेसन सेन्टरमा ४२, स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र काभ्रेमा १, शीर मेमोरियल एडभेन्टिस्ट अस्पताल बनेपामा ६ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १० आइसोलेसन, ६ आइसीयु र ४ भेन्टिलेटरमा गरी २०, मेघा अस्पतालमा ५१ आइसोलेसन, ७ आइसीयुमा र १ भेन्टिलेटरमा गरी ६१ जना संक्रमित छन्।
यस्तै, स्टार अस्पताल ललितपुरमा ५ आइसोलेसन, ५ आइसीयु र ५ भेन्टिलेटरमा गरी १५ जना, ह्याम्स अस्पतालमा ३० आइसोलेसन, १० आइसीयु र ५ भेन्टिलेटरमा गरी ४५, नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा ३१ आइसोलेसन, १४ आइसीयु र १ भेन्टिलेटरमा गरी ४६, कान्ति बाल अस्पतालमा १ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।