चितवन–चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका ९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो।
अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार गत भदौ ३ गते श्वासप्रश्वास र निमोनियाको समस्या भई उनी अस्पताल भर्ना भएका थिए।
उनको भदौ ९ गते कोरोना पुष्टि भएको थियो। उपचारका क्रममा शुक्रबार राति ती पुरुषको मृत्यु भएको हो। उनको सघनकक्षमा राखी उपचार हुँदै आएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।