काठमाडौं– नेपालका स्टार स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा चेन्नई सुपर किंग्सविरुद्ध पनि बेन्चमै बस्ने भएका छन्।
दिल्ली क्यापिटल्सका सन्दीप दोस्रो खेलमा चेन्नईविरुद्ध पनि बेन्चमै रहेका हुन्।
दिल्लीको दोस्रो खेलमा भने सन्दीपले स्थान पाउने आँकलन गरिएको थियो। केहीबेरमा सुरु हुने खेलमा रविचन्द्रन अश्विनको स्थानमा अमित मिश्रले प्लेइङ इलाभेनमा स्थान पाउँदा सन्दीप भने अन्तिम ११ मा पर्न असफल रहे।
टस हारेको दिल्लीले केही बेरमा ब्याटिङ थाल्नेछ। दिल्लीले प्लेइङ इलाभेनमा दुई खेलाडी परिवर्तन गरेको छ। अश्विनको स्थानमा अमित र मोहित शर्माको स्थानमा अभेष खान टिममा परेका छन्।
दिल्लीको विदेशी खेलाडीमा भने किंग्स इलाभेन पञ्जाबविरुद्ध टिममा परेका खेलाडी नै छन्। जसमा सिमरन हिटम्यर, मार्कस स्टोइनिस, कागिसो रबडा र एनरिच नोर्टजे रहेका छन्।
चेन्नईले भने लंगी नगिदीको स्थानमा जोश हजलवोडलाई खेलाडीको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।