काठमाडौं- सरकारले पिसिआर परीक्षण गर्दा बढी शुल्क लिने गरेको पाइएको भन्दै तत्काल बन्द गरी सरकारले तोकेकै शुल्क लिन अन्तिम चेतावनी दिएको छ। सरकारले तोकेको पिसिआर परीक्षण शुल्क २ हजारभन्दा बढी लिएको अवस्थामा लाइसेन्स खारेज गरिदिने चेतावनी समेत दिएको छ।
देशभरका ल्याबहरुको नियमन गर्ने जिम्मा पाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले एक सूचना जारी गर्दै बढी शुल्क लिएको पाइए लाइसेन्स नै खारेज गरिदिने चेतावनी दिएको हो।
यसका साथै सरकारले २ हजारभन्दा बढी शुल्क लिएको पाएमा प्रयोगशालामा तत्कालै सूचना दिनसमेत आग्रह गरेको छ।
यसअघि सरकारले २ हजार शुल्क तोके पनि धेरै जसो प्रयोगशालाहरूले ४ हजार ४ सय रूपैयाँ लिएको भन्दै नेपाल लाइभले समाचार प्रकाशन गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।