काठमाडौं- ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ। महर्जनको पिसिआर परीक्षण गर्दा शुक्रबार कोरोना संक्रमण देखिएको हो।
महर्जनले स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार स्वाब दिएका थिए। संक्रमण पुष्टि भएपछि उनी सानेपास्थित घरमै होम आइसोलेसनमा बसेको महर्जनले नेपाल लाइभलाई जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।