हेलसिंकी- फिनल्यान्डको हेलसिंकी विमानस्थलमा कोरोना संक्रमित भए नभएको पत्ता लगाउनक तालिमप्राप्त कुकुर परिचालन गरिएको छ। ती कुकुरहरूले मानिसमा कोरोना भाइरसको संक्रमण भए/नभएको सुँघेर थाहा पाउने त्यहाँका अधिकारीहरूले बताएको भन्दै न्युयोर्क टाइम्सले समाचार प्रकाशन गरेको छ।
यसका साथै विमानस्थलमा अन्य तवरले गरिने परीक्षण पनि भइरहेका छन्। अहिलेसम्म कुकुरले सुँघेर नै कोरोना पत्ता लगाउन सक्ने भन्ने तथ्य भने आइसकेको छैन। अहिले विमानस्थलमा आएका यात्रुहरूलाई तालिमप्राप्त कुकुरहरूले सुँघ्ने गर्छन् यदि सुँघ्दा कोरोनाको शंका लाग्यो भने उसलाई तुरून्तै परीक्षणका लागि लैजाने गरिएको छ।
१५ वटा कुकुरको समूहमा १० वटा कुकुर भने विशेष तालिमप्राप्त रहेको अधिकारीहरूले जानकारी दिए। तीमध्ये कतिपय रेस्क्यूमा खटिएका कुकुर हुन् भने कतिपय सुँघेर क्यान्सर पत्ता लगाउन सक्ने कुकुरहरूसम्म रहेका छन्।
तालिमप्राप्त कुकुरहरूले शंका गरेका धेरैजसो मानिसको परीक्षण गर्दा कोरोना संक्रमित भेटिएको दाबी गरिएको छ। यूनिभर्सिटी अफ हेलसिंकीकी प्रोफेसर अन्ना हेल्म बोर्कम्यानले भन्छिन्, ‘यो कुरामा उनीहरू एकदम संवेदनशील छन्। उनीहरूको अहिलेसम्मको कार्य करिब शत प्रतिशतजस्तै सफल भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।