काठमाडौं- देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
बिहीबार १८ हजार ४ सय ३७ जना सक्रिय संक्रमितमध्ये ९ हजार ८ सय २३ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ५ हजार ५ सय ३६ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा १ हजार ४ सय ७७, प्रदेश २ मा ६ सय ४३, प्रदेश ५मा १ हजार ३ सय ४६, सुदूरपश्चिम प्रदेशमा १८८, गण्डकी प्रदेशमा ३६० र कर्णाली प्रदेशमा २३३ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।