काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा २ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पहिल्लो २४ घण्टामा १ हजार १५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर १८ हजार १४२ जना सक्रिय संक्रमित छन्। यीमध्ये ८९४९ होम आइसोलेसनमा छन् भने ९ हजार १९३ जना संस्थागत आइसोलेसनमा छन्।
हालसम्म ९ लाख ३४ हजार ९७७ जनाको परीक्षण भएको छ। हाल ७ हजार १७१ जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा ८२३ निको भएका छन्। यो सँगै ४८ हजार ०६१ जना निको भएको मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ७२ प्रतिशत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।