काठमाडौं–सरकारले कीर्तिमानी आरोही आङरिता शेर्पाको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको छ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। १० पटकसम्म विना अक्सिजन सगरमाथा आरोहण गरेको विश्वरेकर्ड राखेका आङरिताको ७२ वर्षको उमेरमा सोमबार जोरपार्टीस्थित छोरीको घरमा निधन भएको थियो।
यस्तै सरकारले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेको छ। कोरोना कहरको समयमा पनि ट्रेड युनियनको निर्वाचन गर्न सरकार लागिपरेको भन्दै आलोचना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।