काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण/अनुगमन गरेका छन्।
विश्व महामारीको रुप लिएको कोभिड १९ का कारण गत चैत ९ गतेखि बन्द आन्तरिक उडान सोमबारबाट पुनः संचालनमा आएपछि मन्त्री भट्टराई विमानस्थलको निरीक्षणमा पुगेका हुन्।
मन्त्री भट्टराईले यात्रुहरुको चापको अवस्था, स्वास्थ्य सम्वन्धी प्रोटोकलको पालना लगायतका कुराहरुको अवलोकन गरेका थिए। आवश्यक स्वास्थ्य सर्तकताका उपायहरुको प्रभावकारी पालनाका लागि नागरिक उडड्यन प्राधिकरणलाई निर्देशनसमेत दिएको मन्त्रालयले जानकारी दिएको छ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।