मोरङ- मोरङ- ४ बाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टीका सांसद अमनलाल मोदीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
मोदीका स्वकीय सचिव ताजिम अन्सारीका अनुसार मोदीको आइतबार पिसिआर परिक्षण रिर्पोट पोजेटिभ आएको हो। केही दिनयता उनलाई सुख्खा खोकी लाग्ने तथा ज्वरो आउने लक्षण देखिएपछि गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो।
हाल सांसद मोदीको विराटनगरस्थित बिराट नर्सिङ्ग अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।