काठमाडौं- हवाई उडानबाट सोलुखुम्बुको खुम्बुपासङल्यामु गाउँपालिका प्रवेश गर्नेले पिसिआर नेगेटिभ रिपोर्ट बोक्नुपर्ने भएको छ। गाउँपालिकाले जारी गरेको पत्रमा भनिएको छ, ‘हवाई तथा हेलिउडानमार्फत् गाउँपालिका आउने सबै यात्रुले पिसिआर टेस्टको नेगेटिभ रिपोर्ट लिएर मात्रै आउनु पर्छ।’
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले लुक्लामा उडान गर्ने हवाई कम्पनीहरुलाई सम्बोधन गर्दै लेखेको पत्रमा यस्तो सर्त राखिएको हो। गाउँपालिकाले सबै हेलिकोप्टर कम्पीहरुसहित तारा, समिट र सितालाई पत्र समेत पठाएको छ।
सोलुखुम्बुको पासङल्हामु गाउँपालिका पर्ने लुक्ला विमानस्थलमा यही नै कम्पनीहरुले उडान गर्दै आएका छन्।
६ महिनादेखि बन्द आन्तरिक उडान सोमबारबाट खुल्ने भएको छ। एयरलाइन्स कम्पनीले पनि अहिले सोही अनुरुप तयारी गरिरहेको बेला गाउँपालिकाले यस्तो सर्त अगाडि सारेका हो। साथै आन्तरिक हवाई उडानमा पहिले पटक पिसिआर नेगेटिभ रिपोर्ट माग गरेको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।