काठमाडौं– सैनिक अस्पताल छाउनीमा उपचाररत कोरोना संक्रमित एक सैनिक जवानको मृत्यु भएको छ।
रामेछाप घर भएका ३४ वर्षीय उनकाे गत भदाै २९ गते मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले जानकारी दिए।
मृत्युपछि कोरोना जाँच गराउँदा कोरोना उनमा संक्रमण पुष्टि भएको हो। उनी ब्लड क्यान्सरका बिरामीसमेत रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।