• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बेलले अब फुटबल नै खेल्नेछन्

64x64
नेपाल लाइभ आइतबार, असोज ४, २०७७  १३:३७
1140x725

काठमाडौं- ग्यारेथ बेल अन्ततः प्रिमियर लिग क्लब टोटनह्याम नै फर्किए। एक सिजनका लागि लोनमा स्पेनिस क्लब रियल मड्रिडबाट टोटनह्याम गएका बेलको आगमनले प्रशिक्षक जोसे मोउरिन्होको योजना प्रभावकारी देखिने विश्वास बढेको छ। 

बेलले टोटनह्याम छाडेर गएपछि उनको समय दोहोरो रह्यो। सुरुका केही वर्ष मड्रिडमा प्रभावकारी बनेका बेल प्रशिक्षक जिनेदिने जिदानको समयमा भने बेन्चमा नै लामो समय रहे। फुटबलभन्दा गल्फमा धेरै ध्यान दिएको आरोप पनि त्यसै समय लाग्यो। 

टोटनह्यामबाट २०१३ मा बेल ८५ मिलियन पाउण्डमा रियल मड्रिड गएका थिए। मड्रिडमा चार च्याम्पियन्स लिग जितेका बेलले क्लबका लागि एक सयभन्दा बढी गोल गरेका छन्। पछिल्ला वर्ष भने प्रशिक्षक जिदानसँग चिसिएको सम्बन्धका कारण उनले आफूलाई प्रमाणित गर्ने अवसर पनि पाएनन्। 

गएको सिजन रियल मड्रिडले ला लिगामा ३४औँ उपाधि जित्यो। एक खेल बाँकी छँदै बार्सिलोनासँग ७ अंकको फरक पारेर उपाधि जितेको मड्रिडका लागि बेलको योगदान भने उपाधिमा पनि शून्य रहन गयो। उपाधिपछि सबै खेलाडी खुसीमा थिए। तर त्यहीँ ग्यारेथ बेल भने अपमान लुकाउने मुस्कान छोप्न सकिरहेका थिएनन्। 

गएको सिजन कोरोना माहामारीका कारण रोकिएर सुरु भएपछिको लिगमा रियल मड्रिडको खेल राम्रो रह्यो। बार्सिलोनाले अंक गुमाउँदै जाँदा रियल मड्रिड हरेक खेलमा उपाधितर्फ बढ्यो। लिगमा धेरै समय शीर्षमा रहेर पनि पछि परिरहेको बार्सिलोनामा कमजोरीहरु छरपस्ट भइरहेका थिए। जहाँ रियल मड्रिडमा प्रशिक्षक जिनेदिने जिदानले आफ्नो दोस्रो कार्यकाल सफल बनाइरहे। 

त्यसमा जिदानको पछिल्लो योजना महत्वपूर्ण रह्यो। एक समयका उत्कृष्ट खेलाडीहरु जेम्स रोड्रिग्वेज र ग्यारेथ बेललाई समेत मौका नदिइ युवा खेलाडीमाथिको विश्वास जिदानको त्यही योजना अनुरुप हुनुपर्छ। जसले उनले मड्रिड प्रशिक्षकका रुपमा ११औँ उपाधि जिते। 

हरेकजसो समय बेन्चमा रहँदा बेल मुखमा लगाउने मास्कले आँखासमेत छोपेर बसिरहेको तस्बिर पनि सामाजिक सञ्जालमा निकै फैलिएको थियो। यसअघि ग्रानडासँगको खेलमा पनि हात गोलो पारेर आँखामा राखेर दुरबिन जस्तो बनाएको उनको तस्बिर बेखुसीसँग जोडेर नै चर्चा भयो।  

Ncell 2
Ncell 2
nimb
nimb

बेल कतिपय समय टिममा नै परेनन् भने टिममा रहँदा पनि प्राय बेन्चमा नै रहे। हरेक पटक आफूलाई प्रमाणित गर्ने अवसर खोजिरहेका बेलका लागि उपयुक्त समय नआउँदै लिग सकियो। लिगमा १६ खेलमा गरेर झण्डै हजार मिनेट जति मैदानमा रहेका बेलका लागि त्यो समय पर्याप्त थिएन।

रियल मड्रिडका प्रशिक्षक जिदान र बेलबीच चलिरहेको ‘खराब सम्बन्ध’ को चर्चा नयाँ होइन। बेलले पाउने कम अवसर र पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा उनको आलोचनासमेत मड्रिड समर्थकहरुमा बढ्यो। 

कोरोना माहामारीका कारण रोकिएको ला लिगा सुरु हुने खबरसँगै खेलाडीहरुको अभ्यासमा रहँदा बेलमाथिको आश बढेको थियो। तर त्यो आश पूरा गर्न उनले राम्रो अवसर पाएनन्। 

Xtrem

Xtrem

बेल पछिल्लो समय हराइरहे। यसैले पनि अहिलेको अवस्थामा पाउने अवसर उनले उपयोग गर्न सक्छन् भन्ने अनुमान थिए। तर पाएका अवसरमा पनि उनको खेल पहिलेजस्तो चल्न सकेन। त्यसले पहिलेदेखि चिसिएको जिदान-बेल सम्बन्ध अझै सुधार हुन सकेन। रियल मड्रिडले उपाधि यात्रामा महत्वपूर्ण खेलाडीका रुपमा लिइएको बेलको शैलीले प्रशिक्षकसँगै दर्शक पनि उनीबाट टाढिने खतरा बढ्यो। 

यसैले हरेक सिजन सुरु हुने बेला चर्चा चल्थ्यो, ‘ग्यारेथ बेलको रियल मड्रिड समय अन्त्यतिर पुगेको छ।’ त्यही चर्चामा पनि सधैँ मड्रिड बेन्चमा बस्नु परिरहेका बेल अहिले लोनमा नै भए पनि टोटनह्याम जान पाए। प्रशिक्षक जिनेदिने जिदानले बेललाई क्लबमा देख्न नचाएको देखिए पनि गएको सिजन नै बेल बाहिरिएनन्। हुन त बेल र जिदानले रियल मड्रिडका लागि सँगै धेरै जितेका छन्, तर त्यसको प्रभाव जिदानमाथि कहिल्यै पर्न सकेन।

बेल र जिदानको सम्बन्ध एक्कासी बिग्रिएको भने होइन। दिन बित्दै जाँदा अहिले रियल मड्रिड बेञ्चमा बढी देखिने बेलले जिदानको मन किन जित्न सकेनन् त? 

यसलाई बुझ्न २०१८ को च्याम्पियन्स लिग फाइनल खेलमा पुग्नुपर्ने हुन्छ। त्यसबेला लिभरपुलसँगको खेलको ६१ औँ मिनेटमा मात्रै बेलले मैदान प्रवेश गर्न पाएका थिए। त्यसअघि १–१ गोलको बराबरीमा रहेको खेलमा बेलले नै ६४ औँ र ८३ औँ मिनेटमा गोल गर्दै मड्रिडलाई ३–१ ले उपाधि जिताए।

उपाधि जित्नुको खुशी त छँदै थियो, तर बेलको मनमा सुरुवाती ११ मा पर्न नसक्नुको पीडा पनि उस्तै थियो। यसैले उनले खुलेरै असन्तुष्टी व्यक्त गरे। आफ्नो भविष्यको बारेमा प्रश्न गरे। जितको त्यो उत्सवमा बेलको प्रश्न जायज नमान्ने ठूलो जमात त्यतिबेलै बन्यो। त्यसमा जिदानले अझ बल पाए। 

क्रिष्टियानो रोनाल्डो युभेन्टस लागेपछि त उनको स्थानका एकमात्र स्टार खेलाडीका रुपमा ग्यारेथ बेललाई नै हेर्न थालिएको थियो। तर घाइते रहने समस्यासँगै क्लबको अविश्वासले उनी त्यो भूमिकामा देखिन सकेनन्। अहिले गोलमा बढेर करिम बेन्जेमाले जितको जस बढी पाइरहँदा बेल भने हराइ नै रहे।

रियल मड्रिड प्रशंसकले बनेको क्लब पनि हो। बेलमाथिको धारणा बुझ्दा मड्रिड प्रशंसक के चाहन्छन् भन्ने बुझ्न जरुरी हुन्छ। अहिले बेलमाथिको वेवास्ता यति हाबी भइसकेको थियो कि उनी हुनु र नहुनुमा प्रशंसक समेत तथस्ट देखिन्छन्। कतिपय उनको आवश्यकता देख्दैनन् भने कतिपय खुलेर केही बताउँदैनन्। 

सन् २०१३ मा त्यसबेलाको विश्व कीर्तिमानी मूल्य ८५ मिलियन पाउण्डमा इंग्लिस क्लब टोटनह्यामबाट रियल मड्रिड गएका बेलको सम्झौता अझ दुई वर्ष बाँकी नै छ। उनले मड्रिडका लागि चार च्याम्पियन्स लिग, अहिलेसमेत दुई ला लिगा, एक कोपा डेल रे, तीन क्लब विश्वकप, तीन युइएफए सुपर कप र एक सुपर कोपा जिते। 

२०१३ मा टोटनह्यामबाट बेललाई रियल मड्रिड ल्याउने मड्रिड अध्यक्ष फ्लोरेन्टिनो पेरेजको चाहना उतिबेलै जिदानलाई मन परेको थिएन। पेरेजले रोनाल्डोको जस्तै सफलता बेलले पाउने देखिरहँदा असन्तुष्ट देखिएका जिदानले क्लब सम्हाल्न पाएको सन् २०१५ मा बेलबिनाको मड्रिड कल्पना गर्ने स्थिति थिएन। बेलका लागि विशेष कुनै योजना जिदानसँग नभए पनि उनी मड्रिडको जितमा मुख्य भूमिकामा नै देखिन्थे। 

रियल मड्रिडमा नै आफ्नो खेल जीवन बिताउन चाहेका बेलले यस्ता उपलब्धी क्लबलाई दिलाएका छन् भन्ने समेत अहिले छायामा परिरह्यो। यसैले आफ्नो भूमिका नदेखिएको उपाधिमा बेल चाहेर पनि खुसी हुन सकेनन्। उनलाई प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र टोटनह्याम, जर्मन च्याम्पियन बार्यन म्युनिख र चाइनिज सुपर लिग क्लबले समेत किन्न इच्छा देखाइरहेको समयमा उनले क्लब छाड्न चाहेनन्। 

‘कुनै व्यक्तिगत सम्बन्धका कारण या कुनै रिसइबीका कारण होइन, म प्रशिक्षक भएकाले केही निर्णयहरु लिनै पर्ने हुन्छ, त्यसैले बेलले क्लब छाड्नु नै राम्रो छ’ सिजन सुरु हुने बेला जिदानले बेलको सम्बन्धमा यस्तो बताए पनि उनले क्लबको भविष्यसँग मात्रै बेलको खेललाई जोडेको जस्तो भने देखिँदैन। किनभने मैदानमा बेलले खेल देखाउँदा नै पनि जिदान प्रशंसक थिएनन्। 

बेल भर्सेस जिदानको धारणामा दुई भिन्न कोणबाट खबरहरु आउँछन्। बेलायती सञ्चार माध्यममा बेलको भविष्यमा जिदानको खेलवाड जोडिएका छन् भने स्पेनिस मिडियामा कमजोर बन्दै गएको बेलको भूमिका प्रस्तुत गरिएका छन्। यसमा मध्यमा रहेर हेर्ने हो भने दुवैबीच सन्तुलन देख्न सकिन्छ। बेललाई नचाहने जिदानको स्वभाव त देखिएकै छ तर विश्वस्तरीय खेलाडी बेलको भूमिका पनि सन्तुष्ट हुन मिल्ने छैन। 

उपाधिकै हिसाबले हेर्ने हो भने त खेलाडीका रुपमा जिदानले रियल मड्रिडलाई जति दिलाएका छन् त्योभन्दा बढी बेलले जिताएका छन्। मड्रिडबाट बेलले १३ उपाधि जिताएका छन् भने  जिदानले ६ उपाधि जिताएका थिए।

सन् १९९९ मा साउथह्याम्टन युवा टिममा रहेर फुटबल सुरु गरेका बेलले २००६ मा सिनियर टिममा नै स्थान बनाएका थिए। त्यहाँबाट २००७ मा टोटनह्याम गएका बेल आफ्नो उत्कृष्ट खेल लयकै कारण २०१३ मा रियल मड्रिड पुगेका थिए। 

वेल्स राष्ट्रिय टिमबाट खेल्ने बेलले इंल्याण्डमा देखाएको भन्दा माथिल्लो स्तरकै खेल स्पेनमा देखाएका हुन्। तर उनी न त जिदानले जस्तो भावनात्मक प्रभाव पार्न सफल रहे न त रोनाल्डोले जस्तो खेल प्रभाव। रियल मड्रिडमा भन्दा वेल्सको राष्ट्रिय टिमबाट खेल्नु आफ्ना लागि ठूलो महत्व र खुसीको विषय हुने बताएका बेलले अब टोटनह्याममा पुरानै प्रभाव पार्न मुस्किल नै देखिन्छ। 

बेल टोटनह्याम फर्किएर टिममा जति उत्साह बढेको छ, त्यो भन्दा बढि चुनौती छ। बेलको खेल पहिलेदेखि चिनेका मोउरिन्होले उनबाट सक्दो राम्रो खेल निकाल्ने नै छन्। यसैले त बेलले अब गल्फ होइन फुटबल नै खेल्नेछन्। 

प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  १३:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज
कांग्रेस उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने:  अझै धेरै साथीको भरोसा जित्न बाँकी छ
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने:  अझै धेरै साथीको भरोसा जित्न बाँकी छ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता सोमबार, असोज २६, २०८३
पदमा नरहेपनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहनेछु : डा.सुनिल शर्मा सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्