काठमाडौं–देशभर कोरोना संक्रमितको संख्या ६३ हजार नजिक पुगेको छ। शनिबार साँझसम्मको तथ्यांकअनुसार देशभर ६२ हजार ७ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या ४ सय १ पुगेको छ।
अहिले कोरोना ‘हटस्पट’ काठमाडौं उपत्यका भएको छ। उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौका सबै क्षेत्रमा संक्रमित फेला पर्न थालेका छन्। सबैभन्दा धेरै संक्रमित काठमाडौं महानगरपालिकामा छन्। महानगरपालिकामा संक्रमितको संख्या ६ हजार ५ सय १२ पुगेको छ। यहाँ ५३ जनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिकाका कोभिड फोकल पर्सन ज्ञानप्रसाद ओलीका अनुसार महानगरका संक्रमितमध्ये ४ सय ४० जना अस्पतालमा उपचाररत रहेका छन्। संस्थागत आइसोलेनमा ९ सय ६९ जना रहेको र २५ सय ४१ जना कोरोना जितेर डिस्चार्ज भएको उनले बताए। महानगरले हालसम्म १० हजार ६ सय ९० जनाको पिसिआर परीक्षण गरेको छ।
कुल संक्रमित ६५१२
होम आइसोलेनमा २०६८
अस्पताल ४४०
संस्थागत आइसोलेसन ९६९
निको भएको २५४१
मृत्यु ५३
आरडिटी पिसिआर परीक्षण १०६९०
यस्तो छ वडा अनुसारको तथ्यांक
वडा न १ नक्साल- १५०, मृत्यु १
वडा न २ लाजिम्पाट- ४४, मृत्यु ०
वडा न ३ महारागञ्ज- ३९८, मृत्यु १
वडा न ४ धुम्वाराही-१८३, मृत्यु ३
वडा न ५ हाँडीगाउँ-१०२, मृत्यु ४
वडा न ६ बौद्ध- १३०, मृत्यु १
वडा न ७ मित्रपार्क- २१७, मृत्यु ४
वडा न ८ जयवागेश्वरी- १५१, मृत्यु १
वडा न ९ गौशाला- १६९, मृत्यु १
वडा न १० बानेश्बर- १५८, मृत्यु ३
वडा न ११ त्रिपुरेश्वर- ३८१, मृत्यु १
वडा न १२ टेकु- ११०, मृत्यु २
वडा न १३ कालिमाटी- ३५२, मृत्यु ३
वडा न १४ कलंकी- ३००, मृत्यु १
वडा न १५ स्वायम्भु- ५९१, मृत्यु २
वडा न १६ बालाजु- ४३४, मृत्यु ३
वडा न १७ खुसीबुँ- १०५, मृत्यु १
वडा न १८ नरदेवी- ४१, मृत्यु ०
वडा न १९ कंकेश्वरी- ३८, मृत्यु ०
वडा न २० भीमसेनस्थान- ७३, मृत्यु २
वडा न २१ लगन- ८३, मृत्यु ३
वडा न २२ संकटा- ७२, मृत्यु १
वडा न २३ ओमबहाल- ८२, मृत्यु १
वडा न २४ मखन- ६९, मृत्यु ०
वडा न २५ नःघल- ७०, मृत्यु ३
वडा न २६ लैनचौर-१९१, मृत्यु १
वडा न २७ इनबहाल-२८१, मृत्यु ४
वडा न २८बागवजार-३३३, मृत्यु १
वडा न २९ डिल्लीबजार-१७७, मृत्यु ०
वडा न ३० ज्ञानेश्वर- ८८, मृत्यु २
वडा न ३१ शान्तिनगर- ३६४, मृत्यु १
वडा न ३२ कोटेश्वर- ४४१, मृत्यु २
नखुलेको ४४१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।