ललितपुर- पाटन अस्पताल र मेघा अस्पतालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। ललितपुर स्वास्थ्य कार्यालयका अनुसार पाटन अस्पतालमा ३ र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।
पाटन अस्पतालमा ललितपुरका २ जना र १ जना सर्लाहीका संक्रमितको मृत्यु भएको हो भने मेघा अस्पतालमा भक्तपुरका एक संक्रमितको मृत्यु भएको हो।
पाटन अस्पतालमा सर्लाहीका ६० वर्षीय पुरुष, ललितपुरका ६८ र ७६ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।
यस्तै मेघा अस्पतालमा भक्तपुरकी ९० वर्षीय महिलाको मृत्यु भएको जनाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।