काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ७ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टामा २०२० जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर १७ हजार ३८३ जना सक्रिय संक्रमित छन् भने ९ हजार २९५ जना संस्थागत आइसोलेसन छन्। पछिल्लो २४ घण्टामा ११ हजार ४५८ जनाको पिसिआर परीक्षण भएको छ।
हाल क्वारेन्टाइनमा ७ हजार ७३६ जना छन्।
आज ८७१ निको भएका छन् भने निको हुनेको कुल संख्या ४३ हजार ८२० पुगेको छ। यो कुल संक्रमितको ७१ प्रतिशत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।